अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

राष्ट्रिय सरोकार तथा सरोकार समितिले खोपको विषयमा सरकारी अधिकारीसँग सोधपुछ गर्ने

बिआरटीनेपाल २०७८ असार ९ गते ७:४९ मा प्रकाशित

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड– १९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारी अधिकारीसँग यस विषयमा सोधपुछ गर्ने भएको छ ।मंगलबार बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरूले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै के कारणले यस्तो भएको भन्ने सम्बन्धमा सरकारसँग छलफल गर्ने निर्णय गरेको हो ।

तत्कालै सरकारको प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिलकुमारी रावल थापाले बताउनुभयो । यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ । सिन्धुपाल्चोक बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भिड बढेको र बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै समितिले तिनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताहरूको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको सभापति थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू