अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

पाँच दलको बैठक देउवा निवासमा साँझ ५ बजे बस्ने

बिआरटीनेपाल २०७८ असार ९ गते १:५१ मा प्रकाशित

पाँच दलको बैठक बूढानिलकण्ठमा बस्दैछ । आज साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो ।

बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन् ।

देशको पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू