अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार

बिआरटीनेपाल २०७८ असार ६ गते ८:४७ मा प्रकाशित

बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभयो ।

कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व आफुहरुले लिन नसक्ने बताउनुभयो । कांग्रेस दलका नेता वीरेन्द्र कनौडियाले सभामा धारणा राख्दै कार्यकता पाल्ने र एमालेकरण बन्ने खालको बजेट आएको बताउनुभयो । विगतका तीन वर्षमा आएको बजेटभन्दा सबैभन्दा खराब बजेट आएको उहाको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू