अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

असार ७ गतेदेखि बैंकका सबै शाखामा कारोबार सुरू हुने

बिआरटीनेपाल २०७८ असार ३ गते २२:२६ मा प्रकाशित

बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ ।सरकारले यही असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण हाल बैंकहरुले सीमित शाखाबाट आलोपालोमा मात्र सेवा दिइरहेका छन् । त्यसैगरी निक्षेप झिक्ने र राख्ने सेवा मात्र सञ्चालनमा छ भने शाखा पनि २ बजेसम्म मात्र सञ्चालनमा छन् ।

अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ । यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।

प्रतिक्रिया