अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

राष्ट्रिय फुटबल टोलीका खेलाडी र अफिसियललाई कोरोना खोप दिइयो

बिआरटीनेपाल २०७८ असार ३ गते ६:३१ मा प्रकाशित

कुवेतबाट फर्किएको राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी र अफिसियल लगायत ४२ जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बिहीवार  ललितपुरको जनस्वास्थ्य कार्यालयमा खेलाडी अफिसियल लगायत ४२ जनालाई खोप दिइएको अखिल नेपाल फुटबल सङ्घ -एन्फा- ले जनाएको छ । कुवेतबाट फर्किए पछि खेलाडीलाई होटल क्वरेण्टीनमा राखिएको थियो । हिजो गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज खेलाडीलाई खोप दिइएको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार खोप लगाएपछि खेलाडीहरू घर गएका छन् । सन् २०२२ को फिफा विश्व कप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली गएको आइतवार स्वदेश फर्किएको थियो ।छनोटमा नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाको सामना गरेको थियो । पहिलो खेलमा चाइनिज ताइपेईलाई दुई–शून्यले हराएको नेपाल जोर्डन र अस्ट्रेलियासँग समान तीन–शून्यले पराजित भएको थियो ।

त्यसअघि नेपाल इराकसँगको मैत्रीपूर्ण खेलमा ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।नेपाल एसियन कप फुटबल छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासङ्घ ९एएफसी० ले छनोट प्रक्रिया संशोधन गरेसँगै नेपाल प्लेअफ नखेलिकन सिधै तेस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू