अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

देउवा, प्रचण्ड र नेपालबीच छलफल

बिआरटीनेपाल २०७८ जेठ ३१ गते ७:५४ मा प्रकाशित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । सभापति देउवा, अध्यक्ष प्रचण्ड  र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा छलफल भएको हो । उहाँहरु साँझ साढे ६ बजेदेखि छलफललमा जुट्नु भएको थियो । तीन शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने तयारी थाल्नु भएको छ । सोही बेला विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू