अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

आजदेखि हरेक बुधबार श्रम स्वीकृति दिने

बिआरटीनेपाल २०७८ जेठ २६ गते ८:०३ मा प्रकाशित

वैदेशिक रोजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ ।वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ वैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो ।

यसैबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू