अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

प्रधानमन्त्री ओलीले पुनः सपथ लिनुपर्ने मागसहित कानून व्यवसायीहरु सर्वोच्चमा

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका छन् ।वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले ३ वटा छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

गत शनिबार प्रधानमन्त्री ओली फेरि पनि प्रधानमन्त्री नियुक्ति भएपछि लिनुभएको गोपनियताको सपथ वदर गरि पुनः सपथग्रहण गर्नुपर्ने माग रिट निवेदनमा छ । यस्तै सांसद पद नरहेका नवनियुक्त मन्त्रीहरुको नियुक्ती पनि बदर गर्ने माग रिट निवेदनमा गरिएको रिट निवेदक अधिवक्ता विरभद्र जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू