अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

नेपाललाई सहयोग गर्न राष्ट्र संघ तयार छ– राष्ट्र संघकी आवासीय संयोजक न्यान्ती

बिआरटीनेपाल २०७८ जेठ २ गते ७:०२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सारा बेयसोलो न्यान्तीबीच भेटवार्ता भएको छ। आइतबार संयोजक न्यान्तीले आफ्नो आधिकारिक ट्विटरमार्फत् भेटको जानकारी गराउनुभएको हो ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाललाई कोरोना भाइरसविरूद्धको खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताका लागि सामाजिक सुरक्षा आवश्यक रहेको बताउनुभएको थियो । जवाफमा न्यान्तीले संयुक्त राष्ट्र संघ नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

’प्रधानमन्त्री ओलीले खोप, अक्सिजन, मनोसामाजिक सहयोग र नेपालका जनताको सामाजिक सुरक्षाको आवश्यकतामा जोड दिनुभयो, युएन नेपाल सहयोग गर्न तयार छ,’ न्यान्तीले आफ्नो ट्विटरमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू