अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

स्वास्थ्य प्रणाली नै ’कोल्याप्स’ भयो भनिएकोमा प्रधानमन्त्री ओलीको आपत्ति

बिआरटीनेपाल २०७८ जेठ २ गते ६:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ’कोल्याप्स’ (ध्वस्त) भयो भनिएकोमा आपत्ति जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले स्वास्थ्य क्षेत्रमा समस्या छन् भन्नुपर्नेमा ‘सिस्टम नै कोल्याप्स भयो भनेर भनिएको प्रति आपत्ति जनाउनुभएको हो ।

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो । महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर–सरकारी संस्था, गैर–आवासीय प्रतिनिधिलगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू