अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानियो

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३४ मा प्रकाशित

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो ।मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिएको हो ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएको थियो । रातोमच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत निस्केको छ । यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू