अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

जसपा विवाद– राजेन्द्र महतोलाई दल नेता नमान्ने उपेन्द्र पक्षको निर्णय, सांसदलाई रिसोर्टमा थुनिएकोप्रति आपत्ति

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:३३ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठकले नयाँ सरकार गठनको प्रयास भइरहेका बेला सांसदहरूलाई भक्तपुरको रिसोर्टमा थुनिएकोप्रति आपत्ति जनाएको छ । जसपा कार्यकारिणी सदस्य तथा सांसद रामसहाय यादवले उपलब्ध कार्यकारिणी सदस्यको अनौपचारिक बैठकबाट सांसदलाई थुनिएको घटनाको घोर भर्त्सना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

शनिवार उपेन्द्र पक्षले पार्टी कार्यालय बालकुमारीमा उपलब्ध कार्यकारिणी सदस्यको बैठक गरेको छ । बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चुनेको भनेर गरिएको प्रचारलाई विधान विपरीत ठहर गरेको छ । बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिनुभयो ।

बैठकपछि केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै संसदीय दलको नेता नचुनिएको जानकारी गराउनुभएको छ । बैठकबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई कुनै जानकारी गराइएको थिएन । उहाँले पार्टीको विधान समेत नबनेको र संसदीय दलको बैठक पनि नबसेको स्पष्ट पारेका छन् । ठाकुरले प्रेस विज्ञप्ति जारी गरेर जसपाको कुनै बैठक नरहेको दाबी गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू