अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै

बिआरटीनेपाल २०७८ वैशाख २५ गते ८:३२ मा प्रकाशित

चीन सरकारले अनुदानमा दिने २० हजार अक्सिजन सिलिण्डर मध्य हाल उपलब्ध गराएको ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर लिन नेपाल बायु सेवा निगमको वाइड बडी जहाज बेइजिङ जाने भएको छ । वाइड बडी जहाज पर्सि बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू