अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

लुम्बिनी प्रदेशका अमरबहादुर डाँगीद्धारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:२५ मा प्रकाशित

लुम्बिनी प्रदेशका एमाले तर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । उहाँ दाङको निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित हुनुभएको थियो । डाँगीले आज प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराउनुभएको हो ।

हालको राजनीतिक अवस्था देखेर राजीनामा दिएको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ । यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू