अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

गण्डकी प्रदेश सभाको बैठक अनिश्चित, दलहरुबीच सहमति जुट्न सकेन

बिआरटीनेपाल २०७८ वैशाख २१ गते ७:५९ मा प्रकाशित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ । प्रदेश सभा बैठकबारे सहमति गर्न मंगलबार बसेको पाँच दलको बैठकले पनि यस बारे कुनै निर्णय गर्न नसकेको हो । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाएर जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने बताउनुभएको थियो । उहाँले लकडाउनको कारण देखाउँदै सांसद आउन नसक्ने समेत बताउनुभयो ।

विपक्षी दलहरुले भने छिटोभन्दा छिटो बैठक राखेर संसद्लाई निकास दिनुपर्ने बताउका छन् । बैठकमा मुख्यमन्त्री गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागिन सक्ने समेत बताउनुभएको थियो । माओवादी संसदिय दलका नेता हरिबहादुर चुमानले पर्सि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र मिति टुङ्याउन प्रयास गरिने जानकारी दिनुभयो । । १५ वैशाखमा एक सांसदको अवस्था अज्ञात रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि सत्ता पक्ष रुष्ट छ । सभामुखले राजीनामा दिएमात्रै बैठक चल्न दिने बताउने गरेको छ ।

१५ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर सो बैठकमा विपक्षी मोर्चाका सांसद शाही अनुपस्थित भएपछि प्रस्ताव फेल हुने डरमा जनमोर्चाकी सांसद पियारी थापाले बैठक स्थगित गर्न निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू