अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको निर्देशन

बिआरटीनेपाल २०७८ वैशाख १९ गते ७:५९ मा प्रकाशित

कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ ।

निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै काम गर्ने बिषयलाइ जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ ।

प्रतिक्रिया