अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

किरण र अस्मिताको नयाँ गीत ‘सपना’ सार्वजनिक(भिडियो सहित)

बिआरटीनेपाल २०७८ वैशाख १६ गते ८:४४ मा प्रकाशित

काठमाडौँ – गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ गीत ‘सपना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गीत तयार भएको हो । दर्जनौँ लोकप्रिय गीतहरूमा आफ्ना कलात्मक शब्दहरू भरेर करडौ नेपालीहरूको मन मुटुमा बस्न सफल वरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गीत सङ्गीतमा गरेको योगदान अतुलनीय रहेको छ। उनले एक पछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा ल्याउने क्रम समेत जारी छ।

सङ्गीतकार शङ्कर थापा स्माइलको सङ्गीत रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन्। त्यसै गरी राजीव समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अस्मिता श्रेष्ठलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया