अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०७८ वैशाख १५ गते ९:०४ मा प्रकाशित

कर्णाली प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले कोरोना महामारीको समयमा बैठक बस्न औचित्य नभएको भन्दै बैठक स्थगित गर्न माग राखेको थियो ।

बैठकको सुरुमा एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले कोरोनाले जनताले दुःख पाइरहेको बेला सदन बस्न औचित्य नहुुने भन्दै बैठक स्थगित गर्न माग गर्नु भएको थियो ।

त्यसपछि एमालेका सबै सदस्यहरुले बैठक स्थगित गर्न माग गरेका थिए । प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि सभामुुख राजबहादुर शाहीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू