अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

दाङमा ९ दिन पूर्ण लकडाउन

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:२४ मा प्रकाशित

कोरोना संक्रमण बढ्दै गएपछि दाङमा वैशाख १७ गते देखि ९ दिन लकडाउन गरिने भएको छ ।घोराहीमा बसेको सर्वपक्षीय बैठकले बैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुका ५ बजेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो । दैनिक कोरोना संक्रमित बढ्न थाले सँगै लकडाउन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

लकडाउनमा खाद्यान्न पसल दैनिक विहान ६ बजेदेखि ८ बजे सम्म खुल्नेछ भने अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाइएको छ । बैठकले कोरोना विशेष बेलझुण्डी अस्पताललाई ६५ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय बेडको बनाउने निर्णय गरिएको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ । त्यसैगरी, कोरोना महामारीको लागि खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र गाउँपालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू