अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

गण्डकीमा सक्रिय संक्रमित १ हजार नाघे, थप २ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:१६ मा प्रकाशित

गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । मंगलबार १ सय १३ जना नयाँ संक्रमित थपिएसँगै सक्रिय संक्रमित संख्या १ हजार ९ पुगेको छ । सबैभन्दा धेरै कास्कीमा ७२७ सक्रिय संक्रमित छन् । बागलुङमा १०१, नवलपुरमा ४४, तनहुँमा ४१, स्याङ्जामा ३५, म्याग्दीमा २८, पर्वतमा २२, गोरखामा ६, लमजुङमा ५ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुल सक्रिय संक्रमितमध्ये ८ सय ८२ जना होम आइसोलेसनमा छन् ।

मंगलबार कास्कीका ९७, बागलुङका ४ तनहुँ र नवलपुरका ३/३, स्याङ्जा र पर्वतका २/२, लमजुङ र म्याग्दीका १/१ जनामा कोरोनो पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसहित गण्डकीमा संक्रमित संख्या १७ हजार ९ सय ५१ पुगको छ । तीमध्ये १६ हजार ७ सय २५ जना निको भएका छन् ।

प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार तनहुँ र गोरखाका १/१ संक्रमितको मृत्यु पुष्टि गरेको हो । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का ८३ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ५ की ६७ वर्षीय महिला छन् । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू