अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

कोरोनाका कारण सबै तहका परीक्षा बन्द र सीमा नाकामा आवागमन रोक्ने सरकारको तयारी

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:४१ मा प्रकाशित

सरकारले सबै तहका परीक्षा तत्कालका लागि रोक्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यस्तो तयारी गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवस्थापन केन्द्रले यस सम्बन्धी विस्तृत कार्ययोजना तयार पारिरहेको र छिट्टै लागु हुने छ ।

त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ । यसबारेमा सीसीएमसीले तयारी गरिरहेको ज्ञवालीले बताउनुभयो । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू