अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२
| Colorodo: 06:27
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले केपी ओली विरुद्ध अब अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताउनुभएको छ । रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले ओली श्री ३ जंगबहादुर भन्दा पनि बलियो बन्न खोजेको आरोप लगाउदै अब ओली बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन ढिला गर्न नहुने बताउनुभयो ।
नेता पौडेलले ओली पूर्ण रुपमा असफल भएको बताउदै प्रधानमन्त्री ओलीले देश निर्माण,नेपाली जनताको समस्याहरु समाधान गर्नुको साटो आफु र आफ्ना आसेपासेहरुलाई मात्र खुसी पारेको तर्क गर्नुभयो । पौडेलले ओलीमा अहंकार,दम्भ बढेको भन्दै ओलीको विकल्प नखोजे मुलुकमा अस्थिरता बढ्ने,मुलुकको संरचनाहरु सबै कब्जा हुने समेत बताउनुभएको छ ।