अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१५ | Colorodo: 15:30

गायक सत्यराज आचार्यको स्वरमा ‘यो जिन्दगीको‘ सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:५३ मा प्रकाशित

काठमाण्डौंं । गीतकार प्रमीला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् ।

विकाश लामिछाने र समीक्षा पोखरेलको रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको निर्देशन रहेको छ भने गीतमा स्यम सरोजले सङ्गीत भरेका छन् ।

गीतको म्युजिक भिडियोको छायाङ्कन बासु बरालले गरेका छन् । कोरियोग्राफी केशव राज भट्टको रहेको छ । गीतमा प्रेमील जोडी बिचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया