अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

रामबहादुर थापालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने एमालेको निर्णय

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:३४ मा प्रकाशित

नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि थापाको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो । निर्वाचन आयोगले हिजो मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो ।

आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको छ । उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू