अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

नवलपरासीमा एकैपटक ७० भन्दा बढी गिद्ध मृत भेटिए

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:३४ मा प्रकाशित

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेका छन् ।विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो । गिद्ध कसरी मरे भन्नेबारे खुल्न सकेको छैन ।गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा दुर्गन्धसमेत फैलिन थालेको छ ।

मंगलबार बिहान गिद्धहरु मरेको अवस्थामा देखेको स्थानीयले बताएका छन् ।गिद्धहरु रहेको स्थाननजिक दुईवटा कुकुर मरेको अवस्थामा भेटिएका छन् । डोरीले बाँधेर फालिएका कुकुरहरुलाई विष खुवाएर मारेको हुनसक्ने र त्यही कुकुरको मासु खाएका कारण गिद्धहरु मरेको हुनसक्ने आंशका स्थानीयको छ ।

गिद्धहरु कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु विकास शाखा रामग्राम नगरपालिकाका डा. निरज पासवानले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू