अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

सुनिता दुलाल र दिनेश परियारको स्वरमा “हुन्न कसैको” सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७८ वैशाख ६ गते १०:२३ मा प्रकाशित

काठमाडौँ – विशेष गरेर स्टेज कार्यक्रमहरूलाई आफ्नो वर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत “हुन्न कसैको” भर्खरै बजारमा आएको छ । नयाँ वर्षको शुभकामना सहित सार्वजनिक गरिएको यस गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगि पनि थुप्रै गीतहरू बजारमा आइसकेका छन् ।

उनी ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत सङ्गीतमा विकृति देख्न चाहँदिनन् । फलस्वरूप यस गीतमा पनि आफ्नो जहान परिवार छोडेर बाध्यता बस लाहुर जान परेका आम नेपालीहरूको कथा व्यथालाई समेटिएको छ । सामाजिक यथार्थतालाई प्रस्ट्याउन खोजिएको यस गीतमा दिनेश परियार र सुनिता दुलालको सुमधुर स्वर सुन्न सकिन्छ ।

“हुन्न कसैको” बोलको गीतलाई लय, शब्द तथा सङ्गीत संयोजन गायक स्वयम् दिनेश परियारको रहेको छ । यस गीतको म्युजिक भिडियोमा अर्जुन गौतम र आलिशा बास्तोलाको अभिनय देख्न सकिन्छ । यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगात जङ्ग थापा, साइमन भट्टराई, कमला बस्नेत ,समीक्षा भुजेल लगायतको पनि यस गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ ।

भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायाङ्कन सुजन श्रेष्ठले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायाङ्कन गरिएको छ । भिडियोको कथामा लेकमा बस्ने गोठालो हरूको कथालाई समेटिएको छ ।गीतको अडियो तथा भिडियोलाई गायिका सुनिता दुलालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो

प्रतिक्रिया