अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:१४ मा प्रकाशित

सरकारले सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । विवाह, ब्रतबन्ध, मलामी जस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

यस्तै, सरकारले मुलुकमा बढ्दै गएको नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै सहरी क्षेत्रमा वैशाख महिनाभरि भौतिक रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो । अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू