अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४३ | Colorodo: 14:58

प्रज्ञा प्रतिष्ठानद्वारा लेखक–साहित्यकारलाई परिचयपत्र दिने तयारी

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:१२ मा प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक तथा साहित्यकारलाई परिचयपत्र दिने तयारी थालेको छ । परिचय पत्र वितरणको तयारी स्वरूप आवश्यक कार्यविधि तयार भएको हो ।‘लेखक–साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ ।

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्राडा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको छ । कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई ‘लेखक–साहित्यकार परिचयपत्र’ दिने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न यही महिनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण शुरुआत गरिने जानकारी दिनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार परिचयपत्रमा लेखक–साहित्यकारका नाम तथा उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित लेखक–साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्ने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू