अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

ओलीे भारतको शरणमा – शेरबहादुर देउवा

बिआरटीनेपाल २०७८ वैशाख ६ गते ९:०९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाउनुभएको छ । सोमवार नेपाल विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाउनुभएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको उहाँको भनाइ छ ।

कम्युनिस्टहरू अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको सभापति देउवाले बताउनुभयो । आशा नभए पनि सम्भावना भएकाले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको उहाँको भनाइ छ ।

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताउनुभयो । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि उहाँको भनाइ छ । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू