अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

देवी घर्ती मगरले ल्याइन् ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:४२ मा प्रकाशित

काठमाडौँ – गायिका देवी घर्ती मगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको सङ्गीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ ।

बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तो अभिनय गरेकी छिन् । काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बाल कलाकारको भूमिकामा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छिन् ।

भिडियोमा ज्योति र काव्याका अलावा अनिश्का थापा, शङ्कर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीसँगै बाल कलाकार काव्या श्रेष्ठको पनि अभिनय रहेको छ । भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायाङ्कन, सम्पादन र परिकल्पना छ । भिडियोमा नवीन निरौलाको कलर, दीपिका श्रेष्ठको मेकअप रहेको छ ।

प्रतिक्रिया