अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

‘नेपाल र भारतबीचका सबै खाले समस्या समझदारीमा हल गर्न सकिन्छ’–मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३४ मा प्रकाशित

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार नेपाल–भारत मैत्री सङ्घका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतबीच देखिएको सीमा समस्या लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताउनुभएको हो ।

इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमालगायतका कतिपय सन्धि सम्झौताहरूमा नमिलेका विषयलाई दुवै देशले एकआपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभयो ।

नेपालले भारतसँग भएका कुनै पनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी देश नभइ मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने उहाको भनाई छ । परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताउनुभयो । नेपालका लागि भारतले कोभिडविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताउनुभयो । यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरूको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू