अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

रअ प्रमुख र ओलीबीच भएको ४ बुँदे सहमति ६ महिनापछि सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ । रअ प्रमुख गोयल २०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका थिए । गोयलले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा मध्यरातमा भेटघाट गरेका थिए । उनीबीच त्यतिबेला भएको सहमति हाल बाहिर आएको हो । त्यतिबेला गोयल र ओलीबीच ४ बुँदे सहमति भएको खुलेको छ ।

नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्ने, अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सहयोग गर्ने, नेपाल भारतबीचको सीमा समाधान वार्ताका माध्यमबाट गरिने लगायत चार बुँदे सहमति भएको हो ।सहमतिपत्र बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएको छ । त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ ।

त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ । त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीका प्रतिबद्धता उल्लेख गरेका छन् । यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू