अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

पाँचथरमा दक्षिण एसियाको एकमात्र चौंरी महोत्सव सम्पन्न

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:३६ मा प्रकाशित

दक्षिण एसियाको एकमात्र चौंरी महोत्सव सम्पन्न भएको छ । नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा भएको चांैरी महोत्सव बुधबार सकिएको हो ।उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ । फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् ।

फालेलुङ क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो । अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन् ।

मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ती भारत तथा भुटान देखि किसानहरू आउने गर्छन् । मेलामा चौंरीको दूधबाट बनेका परिकारहरू, भेडा, घोडा समेत राख्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू