अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:३३ मा प्रकाशित

वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवरोध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो ।

माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको छ । माओवादीले सदन अवरोध गरेको योसँगै लगातार चौथो पटक हो ।

‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भन्नुभयो । उहाँले आफूहरूको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी पनि दिनुभयो ।

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू