अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

‘अहिलेको सरकारले ‘राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने’ भन्ने कहावत व्याप्त छ’–पुष्पा भुसाल

बिआरटीनेपाल २०७७ चैत ३० गते ९:१० मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै भुसालले विभूषणमा नेपालको संशोधित नक्सा नराखिएकोमा गम्भीर आपत्ति जनाउँदै त्यसबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।

उहाँले सरकारले संशोधित नक्सा नराखेर संसद्को निर्देशन कार्यान्वयन नगरेको टिप्पणी गर्नुभयो । नक्सा संशोधन भए पनि भूमि फिर्ता ल्याउने विषयमा सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र त्यस भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको भन्दै त्यसतर्फ गम्भीर आपत्ति जनाउनुभयो ।

नेतृ भुसालले नेपालको विकास हेर्न लखनउ जाऊ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीहरू नेपालको भूमिमा छौँ कि छैनौँ भन्ने भ्रममा परेको टिप्पणी गर्नुभयो । सरकारले एमसीसीलाई संसदमा पेस नगरेर उल्टै एमसीसी पास गर्न दिइएन भनेर भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले तत्काल एमसीसीलाई टेबुल गरी संसदीय प्रक्रिया अघि बढाउन पनि ध्यानाकर्षण गराउनुभयो ।

नेतृ भुसालले मुल्यवृद्धिले नागरिकको ढाड सेकिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । वर्तमान सरकारले महँगी घटाउन नसकेको, सुशासन कायम गर्न नसकेको तथा संविधानमा प्रत्याभूति गरेका कुराहरूको व्यवस्था गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू