अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

जसपाले मुलुकलाई अन्यौलमा राख्न हुँदैन – गगन थापा

बिआरटीनेपाल २०७७ चैत ३० गते ८:३७ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले जनता समाजवादी पार्टीले मुलुकलाई धेरै अन्योलमा राख्न नहुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले जसपाले आफ्नो निर्णय छिटो गर्नुपर्ने बताउनुभएको हो । जसपाले नक्कली कुरा गर्न थालेको आरोप लगाउँदै थापाले छिटो भन्दा छिटो जसपाले एउटा बाटो समाउनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसले नयाँ सरकारको लागि पहल गर्ने निर्णय गरेर बैठक समेत बोलाएको र माओवादीले पनि ओली नेतृत्वको सरकारको विस्थापन चाहेकाले अब जसपाले निर्णयलाई लम्ब्याउन नहुने नेता थापाको भनाइ छ । थापाले अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका कारणले हलो अड्केको आरोप लगाउनुभयो ।

जसपाले निर्णय गर्न नसक्दा सिङ्गो प्रणाली, व्यवस्था, र प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले आफ्नो पार्टीबाट गर्नुपर्ने काम सबै भइसकेकोब बताउँदै अहिलेको अवस्थामा जसपाले निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू