अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

कृष्णप्रसाद अधिकारीको हत्यामा सम्लग्न १२ जना अभियुक्तलाई उच्च अदालतबाट पनि सफाइ

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३८ मा प्रकाशित

सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले जानकारी दिनुभयो ।

२०६१ जेठ २४ गते गोरखा फुजेलका मुक्तिनाथ र गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षका कृष्णप्रसादको तत्कालिन माओवादीले हत्या गरेको थियो । उनको हत्या आरोपमा २०७० चैत ३० गते छिमेकी छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

उनीहरुलाई जिल्ला अदालत चितवनले २४ भदौ २०७५ मा सफाइ दिएको थियो ।त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

कृष्णप्रसादकी आमा गंगामाया छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन् । यही माग राखेर अनशन बसेका बाबु मुक्तिनाथको भने २०७१ असोज ६ गते अनशनकै क्रममा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू