अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

सुनचाँदी व्यवसायीद्वारा सरकारसँग सुरक्षाको माग

बिआरटीनेपाल २०७७ चैत २९ गते ८:३६ मा प्रकाशित

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । शनिवार (हिजो) सिरहाको लहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै महासङ्घले शान्ति, सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग माग गरेको हो ।

सिरहाको घटनाले देशभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाउनुका साथै सिङ्गो देशको सुरक्षा व्यवस्था र व्यवसायीको सुरक्षाको विषयमा समेत गम्भीर प्रश्न चिह्न उब्जिएको महासङ्घले जनाएको छ ।

व्यवसायीलाई सुरक्षा दिनु राज्यको दायित्व भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिन पहल गर्नसमेत आग्रह गरेको छ । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न र मृतक विश्वकर्माको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि महासङ्घले विज्ञप्तिमार्फत माग गरेको छ ।

शनिवार राति लुटपाट गर्ने उद्देश्यले आएको लुटेरा समूहले लहान–२२ का ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानेर हत्या गरेको थियो ।

प्रतिक्रिया