अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

मैथिली गीत ‘लभ करे दे…’ मा रिचा र प्रदिपको रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७७ चैत २८ गते ११:४५ मा प्रकाशित

काठमाडौं– नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक भने पारस मणि हुन् ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको उक्त मैथिली भिडियोमा मोडल रिचा थापा र प्रदिप कुमार रसाइलीलाई देख्न सकिन्छ । भिडियोमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ । त्यसैगरी नबिन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ। भिडियो हेर्नुहोस :

प्रतिक्रिया