अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

पोखरामा खाना पकाउने प्रतियोगिता, सन्तोष साह निर्णायक

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२२ मा प्रकाशित

विदेशी पर्यटकहरुलाई नेपाली खानाप्रति आकर्षित गर्न पोखरामा खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ । प्रतिस्पर्धामा मल्बेरी इन्स्टिच्युट अफ हस्पिटालिटी प्रथम, राइनो होटल ट्रेनिङ सेन्टर दोश्रो र तेश्रोमा हिमालयन कलेज अफ हस्पिटालिटी भएका छन् ।

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साहले प्रतियोगिताको निर्णायक रहनु भएको थियो । विभिन्न ६ वटा तालिमप्रदायक संस्थाहरूले पहिलो पटक पोखरामा यस्तो प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । प्रतिस्पर्धाको आयोजना होटल तालिम प्रदायक संघ र सेफ फेडेरेसनले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू