अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

ओलीले पार्टीलाई मुठीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेः माधव नेपाल

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२० मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राम्रो पार्टी बनाउने पक्षमा आफूहरू रहेको बताउनुभएको छ । वीरगन्जमा शनिबार आफूपक्षीय नेकपा एमालेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राम्रा मानिसलाई लिएर राम्रो संगठन बनाउने पक्षमा आफूहरू रहेको बताउनुभयो ।

केपी ओली जुन दिनदेखि अध्यक्ष भए त्यही दिनबाट पार्टीभित्र महासमस्या उत्पन्न भएको नेपालको आरोप थियो। एमालेमा रहेको ४४ सदस्यी पोलिटब्युरोमध्ये २४ जना सदस्य आफ्नो पक्षमा रहेकाले अध्यक्ष ओलीले आफू अल्पमतमा पर्ने भन्दै पोलिटब्युरोको बैठक बोलाउनबाट डराउने गरेको नेपालले जिकिर गर्नुभएको छ । केपी ओलीमाथि वामदेव गौतमको विश्वास नरहेकाले उनी पनि आफूहरूकै साथमा रहेको नेता नेपालको भनाइ थियो। ओलीले पार्टी नभई गुट चलाइरहेकाले उक्त गुट ओलीको एउटा सानो गुट मात्रै रहेको नेपालको ठहर छ ।

ओलीले पार्टीलाई मुठीमा राखेर पार्टीका कार्यकर्तालाई दास बनाउन खोजेको नेपालको आरोप छ। कम्युनिस्ट पार्टीमा नीति प्रधान हुने तर नेता प्रधान नहुने गरेकाले पार्टी प्रजातान्त्रिक लोतान्त्रिक तरिकाले सञ्चालन हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू