अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

गृहमन्त्री थापाले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता

बिआरटीनेपाल २०७७ चैत २७ गते ९:१० मा प्रकाशित

माओवादी केन्द्रले गृहमन्त्री समेत रहनुका राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दलत्याग गरेको जानकारी सहितको पत्र संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रियसभा माओवादी दलका नेता दिनानाथ शर्माले पार्टी छाडेर एमालेमा गएका थापाको कारवाहीबारे संसद सचिवालयमा जानकारी गराउनुभएको हो ।

केही दिनअघि प्रतिनिधि सभाका चार सांसदले दलत्याग गरेको सूचना दिएको र आज थापाको दिएको उहाँले बताउनुभयो । सचिवालयलाई जानकारी गराइएको उक्त सूचनाबारे राष्ट्रियसभा अध्यक्षले सदनलाई जानकारी गराउनुपर्ने भएपनि अहिले अधिवेशन चालू नभएकाले राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम उक्त स्थान रिक्त भएकोबारे सूचना टाँस गरेर जानकारी दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू