अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

पोखरामा एउटै वडाका १९ सहित थप ३७ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७७ चैत २६ गते ८:०१ मा प्रकाशित

पोखरामा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार पोखरा महानगरपालिका वडा नं – १७ का सर्वाधिक १९ जनासहित १४ वटा वडाका थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेहरूमा पोखरा महानगरपालिका वडा नं ५ का १ पुरुष, ६ का १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, १० का २ पुरुष, १२ की एक महिला, १६ का २ पुरुष तथा २ महिला, १७ का ७ पुरुष तथा १२ महिला, २४ की एक महिला, २५ का १ पुरुष, २६ की एक महिला, २८ का १ पुरुष, ३० की १ महिला, ३१ की १ महिला र ३२ का १ पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यसै गरी बिहीबार बागलुङमा १५ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशक शर्माका अनुसार बागलुङ नगरपालिकाका १३ जना तथा काठे खोला र तारा खोला गाउँपालिकाका १ – १ जनामा कोरोना पुष्टि भएको हो । बिहीबार नै नवलपुरका २ जना तथा म्याग्दी र पर्वतका १ –१ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू