अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

“निजामती प्रशासनमा झिङ्गे टँसाइ सोच” – उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७७ चैत २५ गते ७:५७ मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ ।सिंहदरबारमा बुधबार आयोजित सरकारका सचिवहरुबीचको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टँसाइ सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको भन्दै उहाँले परिणाम भन्दापनि प्रक्रियालाई जोड दिने गरेको आरोप लगाउनुभयो ।उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको बताउनुभयो ।ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री पोखरलेलले कर्मचारीतन्त्र जडसमूह नभएकोले आफूलाई संवेदनशिल र विवेकशिल समूहको रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको भनाइ थियो । देश विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने मुख्य सचिव बैरागीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू