अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

जानकीदेवी रामद्वारा प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ

बिआरटीनेपाल २०७७ चैत २२ गते ८:३७ मा प्रकाशित

जानकीदेवी रामले आज प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । गोलबजार नगरपालिका–१ सिराहाकी उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि शुभकामना तथा बधाई ज्ञापन गर्नुभयो । नेकपा (एमाले) सांसद सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा जानकीदेवी चयन हुनुभएको थियो ।

सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त थियो । निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू