अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

समीर आचार्य र विद्या तिवारीको ‘भात खाएर हो’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७७ चैत २१ गते १२:०५ मा प्रकाशित

पिच रोड र घाममा सुकाइदेऊ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समीर आचार्य र विद्या तिवारीको नयाँ गीत भात खाएर हो सार्वजनिक भएको छ । समीरकै शब्द, सङ्गीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अस्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ‘द नेक्ट’ को दमदार नृत्य रहेको छ । अस्ट्रेलियामा बसेर आफ्नो साङ्गीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समीर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् ।

‘द नेक्ट’ को युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो । एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरूको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने एसका निर्देशक विष्णु नेपालले जानकारी दिनु भयो । विगत लामो समय देखि एस स्टडी वर्ल्डले अस्ट्रेलिया लगायत विश्वभर उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई त्यहाँको शिक्षा र अध्यागमन (इमिग्रेसन) सम्बन्धी यथार्थ जानकारी दिँदै आइरहेको छ । 

प्रतिक्रिया