अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

अबको सरकार माओवादी नेतृत्वमा !

बिआरटीनेपाल २०७७ चैत २१ गते ८:०३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ सरकार गठनमा माओवादी केन्द्रको निर्णायक भूमिका रहने बताउनुभएको छ । रुपन्देहीमा आज आयाजित कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीकै नेतृत्वमा अबको सरकार बन्ने तर प्रधानमन्त्री को बन्छ भन्ने कुरा भने गौण हुने बताउनुभयो । उहाँले संविधानको मर्म र गणतन्त्रलाई संस्थागत गर्न अन्तिम साससम्म लडिरहने बताउदै मुलुकमा दोस्रो जनयुद्ध शुरु भएको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण लोकतन्त्र र गणतन्त्रमाथि नै खतरा बढेकोले आफूहरुले पुनः जनयुद्ध शुरु गर्नुपरेको बताउनुभयो । उहाँले प्रतिगामी षड्यन्त्रलाई कुनै हालतमा सफल हुन नदिने दाबी गर्नुभयो ।

नेपाली जनताको साथले प्रतिनिधिसभा विघटनको षड्यन्त्रलाई परस्त गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र गणतन्त्रमाथि हरेक आक्रमणको डढेर सामना गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू