अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

फूलबुट्टे सारी अब संस्कृतमा पनि (भिडियो)

बिआरटीनेपाल २०७७ चैत २० गते ९:१९ मा प्रकाशित

टिकटकका कारण चर्चामा रहेको ‘फूलबुट्टे सारी’ बोलको गीत अब संस्कृत भर्सनमा आएको छ । राजनराज शिवाकोटीको यो गीतलाई जागरण घिमिरेले संस्कृतमा गाएका हुन् । गीत यसअघि पञ्जाबी भाषामा रेकर्ड भइसकेको छ ।

गीतका शब्द संस्कृतमा अनुवाद गर्नेचाहिँ एन स्वामी हुन् । उनले संस्कृत भाषाको प्रवर्द्धन गर्ने उद्देश्यले गीतलाई संस्कृत भर्सनमा ल्याइएको बताए । ‘यो गीत टिकटक र युट्युबमा निकै चर्चित छ’, उनले भने, ‘यसलाई संस्कृतमा ल्याउँदा अझै नयाँ पनि हुन्छ र भाषाको प्रचार पनि हुन्छ ।’

गीतको भिडियो ‘केएन स्वामी अफिसियल’ नामको युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको छ । १२ वर्षअघि राजनराज शिवाकोटीले गाएको यो गीतलाई सुरुमा मार्मिक लामा र मिलन नेवारले कभर गरेका थिए । त्यसपछि कलाकार मदनकृष्ण श्रेष्ठले लिजेन्डरी भर्सन गाएका थिए ।

चाइल्ड भर्सन अरिष्मा शिवाकोटीले गाएको यो गीत टिकटकमा यति चर्चित छ कि युगान्डाकी बियोन्से फामासी नामकी गायिकाले समेत गाएकी छन् । विदेशीहरूले समेत यो गीतमा टिकटक बनाइरहेका छन् ।

प्रतिक्रिया