अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

कास्कीमा ४२ दिनको शिशु मारेको अभियोगमा महिला पक्राउ

बिआरटीनेपाल २०७७ चैत २० गते ९:१७ मा प्रकाशित

कास्कीमा शिशु मारेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बाग्लुङ ढोरपाटन– ३ घोसाखानी घर भई कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गिता कुँवर सुनारलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो ।

घटना शुक्रबार बिहान ११ः३० बजे घटेको कास्की प्रहरीले जनाएको छ । सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू