अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

दुई दिनमै १८ सयले बढ्यो सुनको मूल्य

बिआरटीनेपाल २०७७ चैत २० गते ९:१३ मा प्रकाशित

नेपालमा सुनको मूल्य दुई दिनमै १ हजार ८ सयले वृद्धि भएको छ । अघिल्लो दिन (बिहीवार) प्रतितोला ९ सयले बढेको मूल्य आज (शुक्रबार) पनि ९ सयले वृद्धि भएको हो।प्रतितोला ९ सयले वृद्धि भएसँगै आज छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ८६ हजार ५ सय र तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू